Biratnagar, Morang, Nepal
देश
प्रधानमन्त्री शाहले समानुपातिक सांसदहरूसँग आज अन्तरक्रिया गर्ने
अखवारका कुरा २ वैशाख २०८३, बुधवार

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग आज अन्तरक्रिया गर्ने भएका छन्। आज मध्याह्न १२ बजे शिहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अन्तरक्रिया गर्ने भएका हुन् । कार्यक्रममा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्ने छन् । यस अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबिच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ । कार्यक्रमलाई सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणाली सुदृढ गर्ने महत्त्वपूर्ण...

मनोरंजन
१ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पहाड’ लाई दर्शककाे सकारात्मक प्रतिक्रिया
अखवारका कुरा २ वैशाख २०८३, बुधवार

काठमाडौं । नयाँ वर्षलाई लक्षित गर्दै वैशाख १ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पहाड’ लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । निर्माण टिमले प्रदर्शनको पहिलो दिन काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको छ । निर्देशक तुलसी घिमिरे, अभिनेता विपिन कार्की, अरुण क्षेत्री, अभिनेत्री रेनुनाथ योगीसँगै डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले दिनभर काठमाडौँ उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिएका थिए । झन्डै नौ वर्षको अन्तरालमा निर्देशनमा फर्किएका निर्देशक घिमिरेले दर्शक प्रतिक्रियाले आफू निकै उत्साहित रहेको बताए । उनले भने, ‘हामीले फिल्ममार्फत भन्न खो...

सामाजिक सेवा
लायन्स नेतृत्वमा उदाएका उदय नारायण बराल
अखवारका कुरा २८ चैत २०८२, शनिवार

विराटनगर- पूर्वी नेपालमा लायन्स आन्दोलनलाई संस्थागत रूपमा बलियो बनाउँदै आएका लायन उदय नारायण बराल (MJF) पछिल्लो दशकमा निरन्तर सक्रिय र प्रभावशाली नेतृत्वका रूपमा उदाएका छन्। धनकुटामा जन्मिएका बरालले विराटनगरलाई कर्मथलो बनाएर सामाजिक सेवा र नेतृत्व विकासका क्षेत्रमा उल्लेखनीय छाप छोडेका छन्। सन् २०१४/१५ मा Lions Club of Biratnagar Gurans बाट सदस्यता लिँदै लायन्स यात्रामा प्रवेश गरेका उनले छोटो समयमै क्लबभित्र नेतृत्वदायी भूमिका सम्हाले। सन् २०१७/१८ मा क्लब अध्यक्ष बनेका बरालले त्यसयता प्रमुख सल्लाहकार र LEO क्लब सल्लाहकारका रूपमा निरन्तर मार्गदर्शन गरिरहेका छन्। जिल्ला तहमा पनि उनको सक्रियत...

स्थानीय तह
धिमाल समुदायको मौलिक पर्व ‘जात्री’ आजबाट सुरु
२ वैशाख २०८३, बुधवार

  मोरङ । कोशी प्रदेशमा रहेका धिमाल समुदायको मौलिक पर्व जात्री पर्व आजबाट सुरु भएको छ । धिमाल समुदायले वैशाख २ गतेदेखि असार २ गतेसम्म जात्री पर्व मनाउँछन् । नेपालका आदिवासी धिमाल जातिको उद्गमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्व सुरु हुन्छ । ग्रामथानमा हाँस कुखुरा, सुँगुरलगायतको बलि दिएर यो पर्व प्रारम्भ गरिन्छ । मोरङको भोगटेनीबाट सुरु भएपछि धिमालका बस्तीको टोल टोलमा यो पर्व पुग्ने गर्छ । प्रकृतिपुजक धिमाल रोगब्याधि नलागोस्, बाली बिरुवा लगाउने बेलामा वर्षात् होस्, जंगली जनावरले दुःख नदियोस्, भन्ने कामनासहित महाराजथानमा गएर सामूहिक पूजाआजा गर्ने गर्छन् । प...

प्रदेश
एम्बुलेन्स दुर्घटनाले लियो २ को ज्यान, २ घाइतेको उपचार हुँदै
अखवारका कुरा २६ चैत २०८२, बिहिवार

मुगु । जुम्लादेखि कालिकोट हुँदै नेपालगन्ज बिरामी बोकेर गएको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । जुम्लादेखि नेपालगन्ज बिरामी बोकेर गएको हिमा गाउँपालिका जुम्लाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालिकोटको खाडाचक्र नगरपालिका-२ मेयरखोला नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको कालिकोटका डिएसपी हिम बहादुर खत्रीले बताए । उनका अनुसार मृत्यु हुनेमा हिमा-६ पात खोला बस्ने ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा-७ मर्चीगाउँ बस्ने एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाही रहेका छन् । कालिकोट जिल्ला प्रहरीका अनुसार एम्बुलेन्स सडकदेखि २५ मिटर तल खसेको थियो । ए...

अर्थ
दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, मुलुकको वास्तविक आर्थिक चित्र सार्वजनिक गर्ने लक्ष्य
अखवारका कुरा २ वैशाख २०८३, बुधवार

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ आज देखि सुरु गरेको छ । तथ्याङ्क गणनाको तयारीस्वरूप देशका ७७ जिल्लामा ८४ वटा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएका छन् । स्थलगत तथ्याङ्क सङ्कलनका लागि ४,४३३ जना तालिमप्राप्त गणक तथा सुपरिवेक्षकहरू आजदेखि असार ७ गतेसम्म परिचालन हुनेछन् । यस गणनाबाट प्राप्त तथ्याङ्कका आधारमा आर्थिक वर्ष २०८३÷८४ को सुरुदेखि नै तथ्याङ्क प्रशोधन तथा विश्लेषण गरी नतिजा क्रमशः सार्वजनिक गरिने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । राष्ट्रिय आर्थिक गणनाको मुख्य...

खेलकुद
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ
२ वैशाख २०८३, बुधवार

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार बिदाइ गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रम आयोजना गर्दै रुवान्डामा आयोजना हुने आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्न जाने महिला खेलाडीको टोलीलाई विदाई गरेको हो । उक्त विदाई कार्यक्रमा कप्तान इन्दु बर्माले यसपटक लामो समय प्रशिक्षण क्याम्प राखेको र विदेशी कोचको अन्डरमा धेरै कुरा सुधार भइरहेको बताइन् । उनले आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने पनि बताइन् । उनले भनिन्, ‘जति पनि हामी किक्रेट खेल्दै आयौं त्यसमा अब २०८३ सालमा अझैं राम्रो खेलेर जित हासिल गर्ने छौं । लामो समय प्रशिक्षण क्याम्प राखेको र विदेशी...

स्वास्थ
महत्वाकांक्षाको दबाबले युवामा आक्रोश र निराशा बढ्दै : मनोविद् ढकाल
अखवारका कुरा ३० चैत २०८२, सोमवार

काठमाडौं - पछिल्लो समय नेपालमा आपराधिक घटनाहरू बढ्दै जानुका पछाडि मानसिक स्वास्थ्य समस्या, सामाजिक दबाब र बढ्दो महत्वाकांक्षालाई प्रमुख कारणका रूपमा औंल्याइएको छ। मनोविद् गोपाल ढकालका अनुसार युवापुस्तामा बढ्दो निराशा, आक्रोश र कुन्ठाले हिंसात्मक प्रवृत्तिलाई समेत बढावा दिइरहेको छ। नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले चिन्ता (एनजाइटी), डिप्रेसन, डर–त्रास, लागूपदार्थ दुव्र्यसन तथा जाँडरक्सीको कुलत व्यापक बन्दै गएको बताए। “सामाजिक सञ्जाल र अनलाइन गेमको लतले किशोर–किशोरीको मानसिक अवस्थालाई गम्भीर रूपमा प्रभावित पारेको छ,” उनले भने, “यसले उनीहरूमा आक्रामक सोचसमेत व...

शिक्षा
कानून क्विजमा अन्नपूर्ण कलेज अफ ल प्रथम
अखवारका कुरा २८ चैत २०८२, शनिवार

विराटनगर : अन्नपूर्ण कलेज अफ ल (ACL) का विद्यार्थीहरूले कानूनसम्बन्धी राष्ट्रियस्तरको क्विज प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन्। नेपाल प्रगतिशील कानून व्यवसायी एसोसिएसन अन्तर्गतको कानून विद्यार्थी विभाग (NPLALSD) द्वारा २०८२ चैत २८ गते विराटनगर–७ स्थित स्केट एरिना मा आयोजित प्रतियोगितामा कलेजका विद्यार्थी टोली उत्कृष्ट बन्दै शीर्ष स्थान सुरक्षित गरेका हुन्। प्रतियोगितामा समीर कार्की, मुना कार्की, बिमला तिवारी र इन्दिरा भट्टराई सम्मिलित टोलीले प्रभावशाली प्रस्तुति दिँदै पहिलो स्थान हात पारेको कलेजले जनाएको छ। यसैगरी कलेजबाट रिया प्रधान, सबिना कार्की, स्मृति शर्मा र युजिना तिमिल...

राजनीति

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved