2025-07-03 20:17:49
जेसीजको सेवा
विराटनगर, असार १९ विराटनगर जेसीजले ‘मानवता सेवा सप्ताह–२०८२’ अन्तर्गत पाँचाैं दिन “हराभरा विराटनगर– हाम्रो साझा उत्तरदायित्व” भन्ने नारासहित वि...
प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने ६ वटा पुरस्कारहरू यस वर्ष बिभिन्न आठ स्रष्टा तथा संस्थालाई प्रदान गर्ने भएको छ । नेपाली भाषा साहित्यमा लामो समयदेखि योगदान दिएकाले २०८१ सालको प्रतिभा पुरस्कार पोखराका कवि तीर्थ श्रेष्ठलाई, लीलानाथ विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार राधाकृष्ण संस्कृत वेद विद्याश्रम गुरुकुलम् चतरा सुनसरीलाई, ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार विराटनगरका साहित्यकारद्वय गायत्रीकुमार चापागाई र डा. विमला श्रेष्ठलाई संयुक्त रूपमा, दिनबन्धु उषादेवी गोयल प्रतिभा पुरस्कार काठमाडौंका साहित्यकार भूवनहरि सिग्देललाई प्रदान गर्ने निर्...
नेपालमा हाल किशोर–किशोरी र युवाहरूको मानसिक स्वास्थ्य अवस्था गम्भीर र जटिल बन्दै गएको छ। तीव्र जीवनशैली, सामाजिक अपेक्षा, शैक्षिक दबाब, बेरोजगारी र सम्बन्धजन्य असफलताले यो उमेर समूहलाई चिन्ता, डिप्रेसन, आत्मग्लानि र आत्महत्याको जोखिमतर्फ धकेलिरहेको देखिन्छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेकाे राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण (२०१९–२०) अनुसार, १३–१७ वर्षका किशोरहरूमा कुनै न कुनै मनोवैज्ञानिक समस्या रहेको दर ५.२% र हाल सक्रिय मानसिक समस्या ३.९% रहेको पाइन्छ भने आत्महत्या प्रयास गर्ने दर ०.७% छ। वयस्क (१८+) मा मानसिक विकारको जीवनकालपीक दर १०% र आत्महत्या सोच्नेहरूको प्...
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा स्नान गरेका छन्। पार्टीको पोखरा अधिवेशनमा सहभागी हुन पुगेका अध्यक्ष दाहाल अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी पुगेका थिए। आज बिहान उनले स्वास्थ्य लाभदायक मानिने प्राकृतिक तातोपानी कुण्डमा स्नान गरेका हुन्। अध्यक्ष दाहालको सचिवालयले उक्त जानकारी दिएको हो। प्रचण्डको यस अवलोकन भ्रमणले उक्त क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने स्थानीयवासीहरू बताउँछन्।
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका एलिना चौहान र समीक्षा अधिकारीलाई ‘साहसी छोरी’ को संज्ञा दिँदै उनीहरूले सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा अशिष्ट व्यवहार गर्नेहरूविरुद्ध देखाएको प्रतिवादको खुलेर प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले दुवै गायिकाको कदमको पूर्ण समर्थन गर्दै समाजलाई विवेकले डोर्याउनुपर्नेमा जोड दिएका छन्। ‘गाली गर्नेलाई सार्वजनिक गरिदिने तरिका सही लाग्यो’: प्रधानमन्त्री पछिल्लो समय एलिना र समीक्षाले सामाजिक संजालमा जथाभावी गाली र दुर्व्यवहार गर्ने व्यक्तिका नाम र सामाजिक सञ्जाल पोस्टहरू सार्वजनिक गरे...
काठमाडौं । जय मिडिया मेनेजमेन्टको आयोजनामा हुन लागेको बालबालिका लक्षित शो ‘नेपाल किड्स आइडल’ को ‘स्कुल एक्टिभेसन’ सुरु भएको छ । आयोजकले विद्यालय–विद्यालय पुगेर शोको प्रचारप्रसारका लागि ‘स्कुल एक्टिभेसन’ सुरु गरेको हो । आयोजकका अनुसार यो शोमा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन पाउनेछन् । जय मिडियाका संस्थापक जय राज रायले स्कुल एक्टिभेसनले विद्यार्थीलाई शो प्रति चासो बढाएको बताए । ‘विद्यालयका विद्यार्थीसँगै शिक्षक तथा अभिभावकले पनि यो शोप्रति चासो देखाउनुभएको छ । बालबालिका लक्षित कार्यक्रम भएकाले पनि सबैले सहयोगको प्रतिब...
विराटनगर, असार १७ – लायन्स क्लब अफ विराटनगर एलिटले लायन्स क्लब अन्तर्राष्ट्रियको वर्ष २०२५/२६ को पहिलो तथा वार्षिक कार्यक्रमको रुपमा "३६५ डे फ्री डेन्टल चेकअप" सार्वजनिक गर्दै नयाँ कार्यकालको औपचारिक सुरुवात गरेको छ। कार्यक्रम नौलखा डेन्टल केयर, पानीटंकी चौक, विराटनगरको प्राङ्गणमा सम्पन्न भएको थियो। कार्यक्रममा लायन्स क्लबका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथि लायन्स गभर्नर बबरजङ्ग थापा रहनु भएको थियो भने पूर्व गभर्नर विकास अधिकारी, क्याबिनेट सचिव नेत्र चम्लागाईं, ट्रेजरर नागेश पोखरेल, रिजन चेयरपर्सन डा. सुनिल रेग्मी, चिफ अजय अधिकारी, जोन चेयरपर्सन शक...
विराटनगर – कोशी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको “नव–उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम” अन्तर्गत विराटनगर–१०, मोरङका युवा उद्यमी अभिषेक गौतमलाई सम्मान गरिएको छ। कलिलो उमेरमै उद्यमशीलताको बाटो समातेका गौतमले विराटनगरमा “अर्गानिक घर” नामक व्यवसायमार्फत देशका विभिन्न स्थानमा उत्पादन भएका रैथाने तथा अर्गानिक सामग्रीको बिक्री–वितरण गर्दै आएका छन्। “किसानदेखि बजारसम्म” भन्ने सोचका साथ व्यवसाय सुरु गरेका उनले स्थानीय उत्पादनको प्रवर्द्धन मात्र नभई सामाजिक क्षेत्रमा पनि सक्रिय भूमिका...
बुढीगंगा, मोरङ – बुढीगङ्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७६ करोड ३० लाख ९३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १६औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले सार्वजनिक गरेका नीति तथा कार्यक्रमले समावेशी, उत्तरदायी र विकासमुखी स्थानीय शासनतर्फको स्पष्ट संकेत दिएको छ। गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पर्यटन, पूर्वाधार र सामाजिक सुरक्षामा केन्द्रित देखिन्छ। कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउँदै आधुनिक प्रविधिमा आधारित यान्त्रिकीकरण, सामूहिक तरकारी खेती, चुकन्दर प्रवर्द्धन, भेटेरिनरी अस्पत...
कानुन अध्ययनरत विद्यार्थीहरूको अनुभूति, जिज्ञासा र व्यावहारिक चुनौतीलाई उजागर गर्ने उद्देश्यले विराटनगरमा “कानुनको मर्म, भावना र सवाल” शीर्षकमा विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक, कानुन व्यवसायी तथा न्याय क्षेत्रमा आबद्ध विशिष्ट व्यक्तिहरूको सक्रिय सहभागिता देखिएको थियो। कोशी प्रदेश सरकारको सहकार्यमा होटल स्वागतम, विराटनगरमा आयोजना गरिएको कार्यक्रममा कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नारायण वस्ती प्रमुख अतिथि रहेका थिए । वस्तीले कानुन शिक्षालाई केवल किताबी ज्ञानको विषय होइन, जीवन उपयोगी र समाज रूपान्तरण गर्ने माध्यमका रूपमा लिनुप...
इटहरी, असार ५ – नेपालको लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले इटहरीमा नयाँ आधिकारिक डिलर भवानी शंकर एण्ड सन्समार्फत सुजुकीको नयाँ GHK आउटलेट सञ्चालनमा ल्याएको छ। डिलरशिपको उद्घाटनको अवसरमा कम्पनीले असार ५ देखि ९ गतेसम्म टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प र असार ५ देखि १५ गतेसम्म विशेष सर्भिस क्याम्प सञ्चालन गरिरहेको छ। कम्पनीका अनुसार, क्याम्प अवधिभर ग्राहकहरूले सुजुकीका विभिन्न मोडेल परीक्षण गर्न, पुराना गाडी साट्न तथा विभिन्न विशेष अफर तथा सेवाहरूको लाभ लिन सक्नेछन्। टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्पमा सहभागी भई नयाँ गाडी खरिद गर्ने ग्राहकले मोडेलअनुसार २ लाख रुपैय...
बैंकक (थाइल्याण्ड) — थाइल्याण्डको राजधानी बैंककमा सम्पन्न Thailand Open Karate Championship 2025 मा नेपालका आशिष हरिजनले कास्य पदक जितेका छन्। विराटनगरका १४ वर्षीय हरिजनले अन्डर–१४ को ४५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै पदक आफ्नो पोल्टामा पारेका हुन्। हरिजनको जितसँगै प्रतियोगितामा सहभागी नेपाली टोलीका लागि यो सुखद शुरुवात बनेको छ। कोच दिगम्बर प्रसाद पन्तका अनुसार हरिजनले उत्कृष्ट कौशल र आत्मविश्वाससहित प्रतिस्पर्धा गरेका थिए। “लगातारको कडा अभ्यास र दृढ इच्छाशक्तिले आशिषले यो सफलता हात पारे,” कोच पन्तले भने। प्रतियोगितामा नेपालबाट विभिन्न उमेर समूहका...
विराटनगर, असार १८ विराटनगर जेसीजले ‘मानवता सेवा सप्ताह–२०८२’ अन्तर्गत चौथो दिन न्यु लाइफ फेलोसिप सुधार गृह, विराटनगर–११ मा लागुपदार्थ दुर्व्यसनविरुद्धको विशेष सचेतना कार्यक्रम सम्पन्न गरेको छ। “तिमी सक्षम छौ, नशा होइन, आशा रोज” भन्ने सन्देश सहित आयोजित कार्यक्रमले सुधार गृहमा बसोबास गरिरहेका व्यसनीहरूमाझ नयाँ जीवनको प्रेरणा दिने प्रयास गरेको हो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित वडा प्रहरी कार्यालयका डीएसपी अनमोल खड्काले लागुऔषध दुर्व्यसनको असर परिवार, समाज र राष्ट्रको भावी पुस्तासम्म पर्ने भन्दै उपचार र पुनर्स्थापनासँगै व्यवहार...
विराटनगर, असार १९ एसईई परीक्षाको नतिजा प्रकाशित भएसँगै विराटनगरस्थित लर्ड बुद्ध कलेजमा कक्षा ११ काे प्रवेश परीक्षामा उल्लेखनीय सहभागिता देखिएको छ। कुल ७५६ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन्, जसमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूमध्ये ५४० जना कलेजले छनौट गर्ने तयारी गरेको छ। कलेजमा सञ्चालन हुने होटल म्यानेजमेन्ट, साइन्स, म्यानेजमेन्ट र कम्प्युटर म्यानेजमेन्ट कार्यक्रमहरूप्रति विद्यार्थीहरूको विशेष आकर्षण देखिएको कलेज प्रशासनले जनाएको छ। कलेजका प्रिन्सिपल दिनेश पण्डितका अनुसार, “यसपालि स्थानीय विद्यार्थीहरूको उत्साहप्रद सहभागिता छ। ४.० जिपिए ल्याउने ५ जना विद्या...
काठमाडौं, असार ४ — समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहभागी हुनेछन्। प्रधानमन्त्रीका स्वकीय अधिकृत उदय पोखरेलका अनुसार बैठकमा प्रतिनिधिसभाको हाल जारी गतिरोध, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोध, र स...
Biratnagar, Morang, Nepal
akhabarkakura@gmail.com
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved