शीर्ष नेता बैठक
काठमाडौं, असार ४ — समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहभागी हुनेछन्।
प्रधानमन्त्रीका स्वकीय अधिकृत उदय पोखरेलका अनुसार बैठकमा प्रतिनिधिसभाको हाल जारी गतिरोध, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोध, र समसामयिक राजनीतिक गतिविधिहरूबारे गम्भीर छलफल हुने कार्यक्रम तय गरिएको छ।
हालसालै प्रतिनिधिसभामा रास्वपाले उठाउँदै आएको विरोध र संसद्को प्रभावकारी सञ्चालनको विषयमा सहमति खोज्ने उद्देश्यले तीन दलबीच संवादको तयारी भएको हो। बैठकले संसदमा देखिएको गतिरोध समाधान गर्न दिशा तय गर्ने अपेक्षा गरिएको छ।
राजनीतिक स्थायित्व र संसद्को कार्यसम्पादन सुनिश्चित गर्न शीर्ष नेताहरूको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ।
View : 104
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved