Biratnagar, Morang, Nepal
स्वास्थ

जेसीजको सचेतना

सुधारगृहमा "नशा होइन, आशा रोज" अभियान : विराटनगर जेसीजको लागुपदार्थविरुद्धको सचेतना कार्यक्रम सम्पन्न

विराटनगर जेसीजका अध्यक्ष प्रीतेशराज दाहालले भने “सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नेतृत्व विकासमा केन्द्रित हाम्रो अभियानले समुदायसँगको सम्बन्ध बलियो बनाउने विश्वास लिएको छ।”
-
अखवारका कुरा
१७ असार २०८२, बुधवार

Advertisement

विराटनगर, असार १८
विराटनगर जेसीजले ‘मानवता सेवा सप्ताह–२०८२’ अन्तर्गत चौथो दिन न्यु लाइफ फेलोसिप सुधार गृह, विराटनगर–११ मा लागुपदार्थ दुर्व्यसनविरुद्धको विशेष सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

 

 “तिमी सक्षम छौ, नशा होइन, आशा रोज” भन्ने सन्देश सहित आयोजित कार्यक्रमले सुधार गृहमा बसोबास गरिरहेका व्यसनीहरूमाझ नयाँ जीवनको प्रेरणा दिने प्रयास गरेको हो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित वडा प्रहरी कार्यालयका डीएसपी अनमोल खड्काले लागुऔषध दुर्व्यसनको असर परिवार, समाज र राष्ट्रको भावी पुस्तासम्म पर्ने भन्दै उपचार र पुनर्स्थापनासँगै व्यवहारिक मनोपरामर्शको खाँचो रहेको बताए।

प्रमुख प्रशिक्षक जिल्ला प्रहरी कार्यालयका सहायक निरीक्षक अशोक कार्कीले लागुपदार्थ सेवनले मानसिक, शारीरिक र सामाजिक स्वास्थ्यमा पार्ने दीर्घकालीन प्रभावबारे जानकारी दिँदै पुनःसुरुवातको सम्भावना सधैं रहने बताए।

पूर्व अध्यक्ष तथा विशेष अतिथि अभिनाश थापाले जेसीजले नेतृत्व विकाससँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गरे। "समाजलाई परिवर्तन गर्न व्यक्तिगत सोचको परिवर्तन अपरिहार्य हुन्छ," उनले भने।

सुधार गृह सञ्चालक प्रविण बस्नेतले नशामा फसेका मानिसहरूलाई फेरि पनि समाजले अँगाल्न तयार हुनुपर्ने धारणा राखे।

कार्यक्रम संयोजक आर.के. मण्डलले सहभागीहरूलाई धन्यवाद दिँदै यस्तो अभियानले सकारात्मक सोच र सामाजिक अपनत्वको भावना विकास गराउने बताए। सप्ताहका मुख्य कार्यक्रम संयोजक  अभिषेक भट्टराईले "यस अभियानले सुधार गृहमा मात्र होइन, समग्र समाजमा आशाको उज्यालो फैलाउने अपेक्षा गरिएको" बताए।

विराटनगर जेसीजका अध्यक्ष प्रीतेशराज दाहालले भने  “सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नेतृत्व विकासमा केन्द्रित हाम्रो अभियानले समुदायसँगको सम्बन्ध बलियो बनाउने विश्वास लिएको छ।”


विराटनगर जेसीजले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

View : 214

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved