Biratnagar, Morang, Nepal
सामाजिक सेवा

लायन्सको सेवा

बराहक्षेत्रमा लायन्स इनोभेटिभद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ५६३ जना लाभान्वित

-
अखवारका कुरा
११ असार २०८२, बिहिवार

Advertisement

 

बराहक्षेत्र (सुनसरी) — असार १२
बराहक्षेत्र नगरपालिका–७ मा बिहीबार सम्पन्न निःशुल्क बृहत स्वास्थ्य शिविरमा ५६३ जनाले सेवा लिएका छन्। लायन्स क्लब अफ विराटनगर इनोभेटिभ र बराहक्षेत्र नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न उक्त शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गरिएको थियो। 

स्वास्थ्य शिविरको उद्घाटन प्रमुख अतिथि  बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले गरेका थिए। कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष कपिल आचार्य अतिथिका रूपमा सहभागी थिए। शिविरको अध्यक्षता लायन्स क्लब अफ विराटनगर इनोभेटिभकी अध्यक्ष रन्जिता खनाल पराजुलीले गरिन्। 

उक्त शिविरमा लायन्स क्लब अफ सप्तकोशी डायनामिक र महेन्द्र मावि चक्रघट्टीका पूर्व विद्यार्थी संगठनले सह–आयोजक रहेका  थिए भने नोबेल मेडिकल कलेज, विराटनगरले प्राविधिक सहयोग उपलब्ध गराएको थियो। 

शिविरमा जेनेरल मेडिसिन, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी, नाक-कान-घाँटी, दन्त, नेत्र, रेडियोलोजी, मुटु (ईसीजी), प्रयोगशाला लगायतका सेवा प्रदान गरिएको थियो।
स्वास्थ्य परीक्षण गराउनेमध्ये २३५ जना पुरुष र ३२८ जना महिला रहेका थिए। 

शिविरमा जेनेरल मेडिसिन सेवा ५७ जनाले, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा ४८ जनाले, बाल रोग सेवा ४५ जनाले, हाड जोर्नी तथा नशा रोग सेवा ५२ जनाले, नाक, कान, घाँटी  सेवा ४१ जनाले, दन्त सेवा ३५ जनाले (जसमा ५ जनाको दाँत निकालिएको), शल्यक्रिया परामर्श तथा जाँच १० जनाले, नेत्र परीक्षण ९८ जनाले, रेडियोलोजी (भिडियो एक्सरे) सेवा ६२ जनाले, मुटुको जाँच सेवा ३७ जनाले र प्रयोगशाला सेवा (रगत/पिसाब परीक्षण) ७८ जनाले प्राप्त गरेको अध्यक्ष पराजुलीले जानकारी दिइन । 

स्थानीय बासिन्दालाई घरदैलोमै गुणस्तरीय र विशेषज्ञ सेवा दिने उद्देश्यले आयोजना गरिएको शिविर सफल र प्रभावकारी रहेको आयोजक संस्थाहरूले जनाएका छन्।

View : 233

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved