विराटनगरकी पत्रकार सुशीला पाठक खिलेश्वरी पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छन् ।
नेपाल पत्रकार महासंघ मोरङको व्यवस्थापनमा भएको कार्यक्रममा पिताम्वर–खिलेश्वरी प्रतिष्ठानद्धारा स्थापित पत्रकारिता पुरस्कारबाट पाठकलाई सम्मान गरिएको हो ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी, प्रतिष्ठानकी अध्यक्ष रेणुकादेवी रेग्मी, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्कालगायतले पत्रकार पाठकलाई सम्मानपत्रका साथ नगद ११ हजार रुपैयाँले सम्मानित गरे ।
स्वच्छ, मर्यादित, एवंम् उत्तरदायी पत्रकारिताको विकास तथा विशिष्टीकरणमा पुर्याएको योगदानको कदर स्वरुप पाठकलाई सम्मान गरिएको हो ।
पीताम्वर–खिलेश्वरी प्रतिष्ठानले २०४५ सालदेखि यो पुरस्कार वितरण गर्दै आएको छ । नेपाल पत्रकार महासंघ मोरङले प्रत्ये २–२ वर्षमा यो पुरस्कार वितरण गर्दै आएको छ ।
View : 1035
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved