Biratnagar, Morang, Nepal
खेलकुद

मधेश इलाइट कप : नयाँ प्रतिभा खोज्दै वीरगन्जमा क्रिकेट महोत्सव सुरु हुँदै

-
अखवारका कुरा
२ वैशाख २०८३, बुधवार

Advertisement


वीरगन्ज (पर्सा) - मधेश प्रदेशमा क्रिकेटका नयाँ प्रतिभा उजागर गर्ने उद्देश्यसहित ‘मधेश इलाइट कप क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ। बैशाख ५ गतेदेखि सुरु हुने प्रतियोगिता अदर्शनगर मैदानमा सञ्चालन हुनेछ।
आयोजकका अनुसार प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ भने करिब ९६ खेलाडी मैदानमा उत्रिनेछन्। सहभागी टोलीमा मधेश एलाइट्स, प्याङ्गोलिन ट्राभल्स, सनलाइट कलेज, गौतम स्कुल क्रिकेट क्लब, काभ्रे क्रिकेट क्लब र जेबी क्रेन्स रहेका छन्।
प्रतियोगिता मधेश एलाइट्स एकेडेमीको आयोजनामा हुन लागेको हो। यसअघि सम्पन्न संस्करणमा एलाइट क्लबले उपाधि जितेको थियो।
यसपटक प्रतियोगिता अझ प्रतिस्पर्धात्मक हुने र स्थानीयस्तरमा लुकेका क्रिकेट प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

View : 88

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved