नबिल बैंकमा नयाँ नेतृत्व
काठमाडौं — नेपालको बैंकिङ क्षेत्रमा महत्त्वपूर्ण नेतृत्व परिवर्तन भएको छ। मनोजकुमार ज्ञवालीलाई नबिल बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरिएको छ।
जेठ २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। उनी यसअघि कामु सीईओको भूमिकामा कार्यरत थिए।
ज्ञवालीको नियुक्ति पूर्व सीईओ ज्ञानेन्द्र ढुंगानाले चैत १० गतेबाट लागू हुने गरी राजीनामा दिएपछि सम्भव भएको हो। ढुंगानाको राजीनामापछि बैंकको नेतृत्वको जिम्मेवारी कामु सीईओका रूपमा ज्ञवालीलाई दिइएको थियो।
यससँगै बैंकले भीष्म न्यौपानेलाई कम्पनी सचिवको रूपमा नियुक्त गरेको छ।
विस्तृत बैंकिङ अनुभव बोकेका ज्ञवालीले नेपालको परिवर्तनशील वित्तीय परिवेशमा जहाँ डिजिटल प्रविधिको विस्तार, वित्तीय पहुँचको वृद्धी र नियामकीय सुधारहरू प्राथमिकतामा छन्। यसले बैंकलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।
नबिल बैंक निजी क्षेत्रको पुरानो तथा अग्रणी बैंकमध्ये पर्छ, जसले आक्रामक व्यापार रणनीति र बजार नेतृत्वका कारण चिनिएको छ। नेतृत्वमा आएको यो परिवर्तनलाई बैंकको दीर्घकालीन रणनीतिक विकाससँग जोडेर हेरिएको छ।
View : 387
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved