बिरयानी अड्डा अब विराटनगरमा
देशमै केही गरौँ भन्ने भावना बोकेका युवाहरूको एक समूहले काठमाडौंमा लोकप्रिय बनेको 'बिरयानी अड्डा' ब्राण्डलाई अब विराटनगर भित्र्याएका छन्। राजधानीको बालुवाटारमा मुख्य कार्यालय रहेको बिरयानी अड्डाले काठमाडौँ बाहिरको पहिलो शाखा मोरङको विराटनगर, महेन्द्रचोकमा खोल्न लागेको हो।
बिराटनगर शाखाको उद्घाटन आगामी असार ५ गते हुने जानकारी दिइएको छ। उद्घाटनसँगै काठमाडौंमै पाइने स्वाद र मूल्यमा नै विभिन्न परिकार उपलब्ध हुने कम्पनीले जनाएको छ।
१ सयमै मट्का बिरयानी !
विशेष अवसरको रूपमा, उद्घाटनको दिनदेखि दुई दिनसम्म ग्राहकहरूले १ सय रुपैयाँमै चिकेन मट्का बिरयानीको स्वाद चाख्न सक्नेछन्। अन्य समय ४६० रुपैयाँ पर्ने उक्त बिरयानी विशेष अफरमा उपलब्ध गराइने निर्देशक रविन पाण्डेले जानकारी दिए।
एक महिनासम्म २० प्रतिशत छुट
त्यसैगरी, उद्घाटन मितिदेखि एक महिनासम्म सबै परिकारमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। बिरयानी अड्डामा हैदरावादी, कोलकाता, लखनऊ, पहाडी मटन, मट्का बिरयानी जस्ता विभिन्न स्वादहरू पाइनेछन्।
देशमै उद्यम गर्ने सोच भएका युवाहरूको यो पहलले स्थानीयस्तरमा व्यवसायिक नवीनता ल्याउने विश्वास लिइएको छ। विराटनगरबासीका लागि अब स्वादिलो बिरयानी अनुभव आफ्नै शहरमा उपलब्ध हुनेछ।
View : 865
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved