दयामाया अब राखी लिनु अवतार।।
कस्तो बिग्रियो दशा हाम्रो नरक भयो संसार।।
भन्थ्यौ तिमी धर्म ग्लानी तब लिन्छु अवतार
भुल्यौ क्यारे प्रभु तिमी मनले गर विचार ।।
धर्म कर्म सबैले छाडे भए पृथ्वी भार।
स्वार्थ मात्र छ मानिसमा त्यागी जीवन सार।।
सबै समान महँगी भयो चौपट्ट भयो बजार।
पैसा भए सबै राम्रो पैसा भा’छ संसार।।
मानिस मानिसका शत्रु भए गर्छन् अत्याचार।
भुमाताको कोखबाट बग्यो रगतको धार।।
अब त सत्यको बाटो देखाऊ गर धर्मको प्रचार।
जसरी सबै खुसी हुन्छन् स्वर्ग बनोस संसार।।
भगवान् तिम्रो दास दुःखी छ अब लेऊ
अवतार प्रभु अब लेऊ अवतार।।
-भबेश पौडेल ,विराटनगर ५
View : 675
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved