Biratnagar, Morang, Nepal
अर्थ

उद्योग संगठन मोरङमा नयाँ नेतृत्व

उद्योग संगठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी

-
अखवारका कुरा
३२ जेठ २०८२, आइतवार

Advertisement

विराटनगर । उद्योग संगठन मोरङको नयाँ अध्यक्षमा नन्दकिशोर राठी सर्वसम्मतरूपमा निर्वाचित भएका छन् । शुक्रबारदेखि सुरु भएको संगठनको ५२ औं वार्षिक साधारण सभाको बन्द सत्रले राठीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। उनी संगठनका १६ औं अध्यक्ष हुन्।

वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल चयन भएका छन् भने तीन उपाध्यक्षहरूमा सुरेन्द्र गोल्छा (वित्तीय क्षेत्र), विपिन काबरा (कृषि, जलश्रोत र उर्जा क्षेत्र) र सुवोध कोइराला (रोजगारदाता क्षेत्र) रहेका छन्। कोषाध्यक्षमा पारस लुनियाँ चयन भएका छन्।

नयाँ कार्यसमितिमा दीपक कुमार अग्रवाल, जयेन्द्र कुमार शर्मा, सन्तोषकुमार भगत, सिद्धार्थ काबरा, सृजन प्याकुरेल, उकेश अग्रवाल, सौरभ शारडा, वीरेन्द्र राठी, प्रतिक राउत, पारस गोल्छा र किरण ब्यास सदस्यका रूपमा निर्वाचित भएका छन्। सबै पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ।

वर्तमान अध्यक्ष राकेश सुरानाले पदस्थापन गरेर नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेपछि कार्यसमितिको कार्यकाल सुरु हुनेछ।

View : 198

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved