धरान: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदका लागि आवेदन दिएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ। २०८२/०३/०४ मा प्रकाशित सूचनाअनुसार यस प्रतिष्ठानको उपकुलपति पदका लागि विभिन्न योग्य व्यक्तिहरूले आवेदन दिएका छन्।
आवेदकहरूमध्ये पूर्व स्वास्थ्य सचिव डा. रोशन पोखरेल को उम्मेदवारी विशेष चासोको विषय बनेको छ। कोशी अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) हुँदै स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका पोखरेल दूरदर्शी नेतृत्व, प्रभावकारी प्रशासनिक क्षमता र नीतिगत स्पष्टताका लागि परिचित छन्।
उनको कार्यकालमा संस्थागत सुधारका प्रयासहरू, सेवा विस्तार तथा सुशासनमा देखिएको प्रतिबद्धता प्रशंसनीय रहेको नेतृत्व तहका व्यक्तिहरू नै बताउँछन्।
विवादमा नपरेका, शान्त तर परिणाममुखी कार्यशैली भएका पोखरेललाई अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तो राष्ट्रिय महत्वको शैक्षिक संस्थालाई नेतृत्व दिन सक्ने सक्षम व्यक्तित्वका रूपमा हेरिएको छ।
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवेदकहरू:
• डा. ज्ञानेन्द्र गिरी
• डा. रामेश राज कोइराला
• पूर्व स्वास्थ्य सचिव डा. रोशन पोखरेल
• डा. लक्ष्मि नारायण सिंह
• प्रा.डा. विष्णु प्रसाद शर्मा
• प्रा.डा. कृष्ण कुमार राई
• प्रा.डा. गौरी शंकर शाह
• प्रा.डा. पशुपति चौधरी
• प्रा.डा. प्रह्लाद कार्की
• प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ
• प्रा.डा. रोहित प्रसाद यादव
• प्रा.डा. संगीता सिंह भण्डारी
• संजिव कुमार शर्मा
यसका साथै, मन्त्रालयले कुरियरमार्फत (खामबन्दीमा प्रतिष्ठान नखुलेको) डा. अरुण कुमार सिंह को पनि आवेदन प्राप्त भएको जनाएको छ।
अब यी सबै आवेदकहरूमध्येबाट प्रतिष्ठानको उपकुलपति पदमा उपयुक्त व्यक्ति चयनका लागि थप प्रक्रिया अगाडि बढाइनेछ।
View : 1617
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved