प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने ६ वटा पुरस्कारहरू यस वर्ष बिभिन्न आठ स्रष्टा तथा संस्थालाई प्रदान गर्ने भएको छ ।
नेपाली भाषा साहित्यमा लामो समयदेखि योगदान दिएकाले २०८१ सालको प्रतिभा पुरस्कार पोखराका कवि तीर्थ श्रेष्ठलाई, लीलानाथ विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार राधाकृष्ण संस्कृत वेद विद्याश्रम गुरुकुलम् चतरा सुनसरीलाई, ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार विराटनगरका साहित्यकारद्वय गायत्रीकुमार चापागाई र डा. विमला श्रेष्ठलाई संयुक्त रूपमा, दिनबन्धु उषादेवी गोयल प्रतिभा पुरस्कार काठमाडौंका साहित्यकार भूवनहरि सिग्देललाई प्रदान गर्ने निर्णय गरिएको छ । उक्त पुरस्कारहरूका राशि जनही रु. ५०००० /-(पचास हजार ) रहेका छन् ।
यसै गरी २१०००/- (एक्काइस हजार) राशिको विराटलक्ष्मी प्रतिभा पुरस्कार भोजपुरका अनुसन्धाता सुदीप अधिकारीलाई र रु २१०००/राशिको षडानन्द प्रतिभा पुरस्कार कविद्वय मञ्जुश्री गिरी (मोरङ) र अभागी थेगुवा (झापा) लाई संयुक्तरूपमा प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका सचिव दिङ्लाली कान्छोले जानकारी गराएका छन्।
डा.नरेन्द्र चापागाई र दधिराज सुवेदीको प्रयासमा निजीस्तरमा २०३९ सालमा स्थापना गरिएको यस प्रतिष्ठानले हालसम्म १२० भन्दा बढी स्रष्टाहरूलाई पुरस्कृत गरिसकेको छ भने विभिन्न लेखकका पाँच दर्जनभन्दा बढी विभिन्न विधाका कृति प्रकाशन गरेको छ । संस्थाका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले यो निर्णय गरेको हो । उक्त सम्मान पुरस्कार आगामी २०८२ साल असार २९ गते आइतवार भानु जयन्तीका अवसरमा विशेष साहित्यिक समारोहकाबीच विराटनगरमा समर्पण गरिने भएको छ।
View : 102
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved