Biratnagar, Morang, Nepal
गरिखानेका कथा

प्रदेश सरकारद्वारा उद्धमी युवालाई सम्मान

"नव–उद्यमी युवा प्रतिभा" सम्मानबाट अर्गानिक घरका संचालक अभिषेक गौतम सम्मानित

कलिलो उमेरमै उद्यमशीलताको बाटो समातेका गौतमले विराटनगरमा “अर्गानिक घर” नामक व्यवसायमार्फत देशका विभिन्न स्थानमा उत्पादन भएका रैथाने तथा अर्गानिक सामग्रीको बिक्री–वितरण गर्दै आएका छन्। “किसानदेखि बजारसम्म” भन्ने सोचका साथ व्यवसाय सुरु गरेका उनले स्थानीय उत्पादनको प्रवर्द्धन मात्र नभई सामाजिक क्षेत्रमा पनि सक्रिय भूमिका निभाउँदै आएका छन्।
-
अखवारका कुरा
८ असार २०८२, सोमवार

Advertisement

 

विराटनगर – कोशी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको “नव–उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम” अन्तर्गत विराटनगर–१०, मोरङका युवा उद्यमी अभिषेक गौतमलाई सम्मान गरिएको छ।

कलिलो उमेरमै उद्यमशीलताको बाटो समातेका गौतमले विराटनगरमा “अर्गानिक घर” नामक व्यवसायमार्फत देशका विभिन्न स्थानमा उत्पादन भएका रैथाने तथा अर्गानिक सामग्रीको बिक्री–वितरण गर्दै आएका छन्। “किसानदेखि बजारसम्म” भन्ने सोचका साथ व्यवसाय सुरु गरेका उनले स्थानीय उत्पादनको प्रवर्द्धन मात्र नभई सामाजिक क्षेत्रमा पनि सक्रिय भूमिका निभाउँदै आएका छन्।

उनले  प्रदेशस्तरीय प्रतिस्पर्धाबाट  नव–उद्यमीका रूपमा चयन भई नगद रु ३०,००० (तीस हजार रुपैयाँ) सहित सम्मानपत्र प्राप्त गरेका हुन्।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री  पाँच कर्ण राईले कार्यक्रमका अवसरमा सम्मान प्रदान गर्दै गौतमजस्ता युवाको सिर्जनशीलता र समर्पणले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

निमित्त प्रदेश सचिव दामोदर फुयलले   पारदर्शी मूल्यांकनका आधारमा नव–उद्यमी युवाको पहिचान गरिनु अत्यन्त सराहनीय भएको बताए।

गौतमले सम्मानप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि उद्यमशीलता र सामाजिक सेवालाई सँगसँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

View : 581

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved