जन्मदिनका असीम शुभकामना तिमीलाई
जीवनका हरेक मोडमा मेरो अडिग साथ बन्ने प्रिय मित्र।
अन्धकार समयका ती निस्तब्ध रातहरूमा,
जब मन भत्किन खोज्थ्यो र आकाश मौन हुन्थ्यो,
तिमी थियौ — मौन साथमा,
आशाको किरण बनेर।
जीवनले दिएको उपहार तिमी हौ
नेताको रूपमा होइन।
सहयात्री बनेर तिमीले हरपल साथ दियौ
आज तिमीलाई यही मनको गहिराइबाट कामना गर्दछु ।
जीवन भर फूलझैं मुस्कान छाओस्,
र तिमी कहिल्यै एक्लो महसुस नगर।
तिमी जस्ता मित्र पाउनु भाग्यको कुरा हो।
जन्मदिनको मनभित्रैदेखि शुभकामना!
View : 69
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved