Biratnagar, Morang, Nepal
प्रदेश

ट्राफिक सप्ताह

कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरु, मुख्यमन्त्री कार्कीद्वारा शुभारम्भ

-
अखवारका कुरा
५ असार २०८२, शुक्रवार

Advertisement

विराटनगर, असार ६ – “सुरक्षित यात्रा हाम्रो चाहना, सबैले गरौं ट्राफिक नियमको पालना ” भन्ने मूल नारासहित कोशी प्रदेशमा ट्राफिक सप्ताह २०८२ को औपचारिक सुरुआत गरिएको छ। सडक अनुशासन र सवारी दुर्घटना न्यूनीकरणमा केन्द्रित रहेर सञ्चालन हुने सप्ताहको उद्घाटन मुख्यमन्त्री हिक्मत कुमार कार्कीले  दीप प्रज्वलन गरी गरेका हुन्।

मुख्यमन्त्री कार्कीले ‘सुरक्षित यात्रा’ शीर्षकको श्रव्य-दृश्य सामग्री सार्वजनिक गर्दै सार्वजनिक बसहरूमा यात्रु गुनासो सङ्कलनका लागि क्यूआर कोड स्टिकर टाँस्ने अभियानको समेत शुभारम्भ गरे। उनले सडक दुर्घटनाको प्रमुख कारण मानवीय लापरवाही भएकाले विद्यालय तहदेखि नै ट्राफिक सचेतना कार्यक्रम थालिनुपर्नेमा जोड दिए।

कार्यक्रममा योगदान पुर्‍याउने ट्राफिक प्रहरी र सर्वसाधारणलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो।

सप्ताहको अवसरमा कोशी प्रदेशका सबै १४ जिल्लामा सडक सुरक्षा र अनुशासनमा जनचेतना अभिवृद्धिका लागि विविध कार्यक्रम सञ्चालन गरिने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले जनाएको छ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले ट्राफिक सुरक्षामा सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताउँदै ट्राफिक प्रहरीलाई आवश्यक स्रोतसाधनको अभाव हुन नदिने आश्वासन दिए।

ट्राफिक सप्ताहमार्फत सडक सुरक्षामा जनसहभागिता बढाउने र सवारी दुर्घटनाको दर घटाउने अपेक्षा गरिएको छ।

View : 183

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved