Biratnagar, Morang, Nepal
मनोरंजन

बाल मनोबिज्ञानमा आधारित चलचित्र

विद्यार्थीहरुमाझ आजबाट विराटनगरमा चलचित्र सारंगको प्रदर्शन शुरु

-
अखवारका कुरा
१ असार २०८२, सोमवार

Advertisement

विराटनगर 

नेपाली कथानक चलचित्र सारंगको प्रदर्शन आजबाट विराटनगरमा शुरु गरिएको छ ।  विराटनगरका विद्यार्थीहरु माझ चलचित्र सारंगको प्रर्दशन गरिएको हो । 

बालमनोविज्ञानमा आधारित रहेर निमार्ण गरिएको चलचित्र विद्यार्थी, विद्यालय र विद्यार्थीहरुसंग सम्बन्धित रहेको छ । बालमनोविज्ञानका साथै चलचित्रले पारिवारिक बातावरण राम्रो नहुदा विद्यार्थीहरुमा पर्ने असर र विद्यालयको भुमिका लगायतका विषय बस्तुलाई समेटेको छ ।  

आजबाट प्रर्दशन गरिएको चलचित्र सारंगको कोशी मोडल स्कुल, गोदावारी स्कुल,एजेलीया स्कुल गरी ४ सय भन्दा बढि विद्यार्थीहरुले हेरेका थिए । 

चलचित्र हेर्न आउने विद्यार्थीहरुले चलचत्रि राम्रो भएको बताएका थिए । प्याब्सन विराटनगरका उपाध्यक्ष असोक लामाले चलचित्र मार्मिक हुनुका साथै विद्यार्थीहरुले हेर्ने पर्ने बनेको बताएका छन् । 

प्रशान्त तामाङको लेखन र निर्देशनमा तयार गरिएको चलचित्रमा ऋचा शर्मा, सम्राट थापा,उत्पल झा, आदित्य कार्कि, अनिस न्यैपाने लगायतका कलाकारहरुको अभिनय रहेको छ ।  

चलचित्र असार ९ गतेसम्म प्रदर्शन हुने र विराटनगरका ५ हजार भन्दा बढि विद्यार्थीहरुले बुकिङ गरिसकेका र अन्य बुकिङ भईरहेको निर्देशक तामाङले बताएका छन् ।

View : 197

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved