Biratnagar, Morang, Nepal
प्रदेश

कोशी प्रदेशको बजेट

कोशी प्रदेशको बजेट सार्वजनिक: आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड विनियोजन

-
अखवारका कुरा
३२ जेठ २०८२, आइतवार

Advertisement

विराटनगर, असार १
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारको भनाइमा समावेशी विकास, पूर्वाधार निर्माण र सेवाप्रवाह सुधार प्राथमिकतामा राखिएको छ।

बजेटमा ५२ प्रतिशत (१८ अर्ब ६७ करोड ३३ लाख) चालु खर्चका लागि छुट्याइएको छ भने ४७.७ प्रतिशत (१७ अर्ब १० करोड ६५ लाख) पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ। वित्तीय व्यवस्थापनतर्फ १० करोड (०.३ प्रतिशत) छुट्याइएको छ।

यसपटकको बजेट अघिल्लो वर्षको विनियोजनको तुलनामा १.७ प्रतिशत र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी रहेको छ। यसले प्रदेशको विकास योजनामा थप गति ल्याउने विश्वास लिइएको छ।

प्रदेश सरकारले स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ७० करोड ७२ लाख रुपैयाँ छुट्याएको छ, जसले स्थानीय निकायको सशक्तिकरण र विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

View : 169

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved