Biratnagar, Morang, Nepal
शिक्षा

हेरिटेज इन्टरनेसनल स्कुलको एसईईमा उत्कृष्ट प्रदर्शन: पहिलो ब्याचबाटै शतप्रतिशत नतिजा

-
अखवारका कुरा
१३ असार २०८२, शनिवार

Advertisement

 विराटनगर: विराटनगर को हेरिटेज इन्टरनेसनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रभावशाली नतिजा हासिल गरेको छ । विद्यालयको पहिलो ब्याचकै विद्यार्थीहरूले शतप्रतिशत सफलता प्राप्त गर्दै शिक्षाको गुणस्तर प्रमाणित गरेका छन् ।

विराटनगर महानगरपालिका-४, बरगाछीस्थित सप्तकोशी मार्गमा अवस्थित यस विद्यालयबाट एसईईमा सहभागी भएका कुल ९ जना विद्यार्थीहरूमध्ये सबै जना उत्तीर्ण भएका छन् । प्राप्त नतिजाअनुसार ८ जना विद्यार्थीले 'ए प्लस' ग्रेड हासिल गरेका छन् भने एक जना विद्यार्थीले 'ए' ग्रेड प्राप्त गरेका छन् ।

विद्यालयका प्रिन्सिपल सुशान्त बानियाँले यो नतिजा विद्यालयको लागि गौरवको विषय भएको बताउनुभयो । "हामीले शिक्षाको गुणस्तरमा कुनै सम्झौता नगरी काम गरेका थियौं, र यो नतिजा त्यसैको प्रतिफल हो," प्रिन्सिपल बानियाँले भन्नुभयो, "पहिलो ब्याचकै विद्यार्थीबाट यस्तो उत्कृष्ट प्रदर्शन हुनुले हामीलाई थप उत्साहित बनाएको छ ।"

विद्यार्थीहरूको यो सफलताले विद्यालय व्यवस्थापन, शिक्षक तथा अभिभावकहरूमाझ खुसीको लहर छाएको छ ।

विद्यालय व्यवस्थापनले सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट नतिजाका लागि प्रतिबद्धता व्यक्त गरेको छ । यस सफलताले हेरिटेज इन्टरनेसनल स्कुललाई विराटनगरको शैक्षिक क्षेत्रमा नयाँ पहिचान दिएको छ ।

View : 529

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved