भद्रपुर झापा गोल्डकप
झापा : दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा आयोजक भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घबीच प्रतिस्पर्धा हुँदैछ।
मेची रङ्गशालामा हुने खेल आज अपराह्न ३ः०० बजेदेखि सुरु हुनेछ। गोल्डकपमा आयोजक ब्लेजर्सले विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको थियो।
यसैगरी विदेशी क्लब काउर्न बाजारले न्युरोड टिम (एनआरटी)लाई हराउँदै आयोजक ब्लेजर्ससँगको भेट पक्का गरेको हो। गोल्डकपमा नेपालीसहित भारत, भुटान र बङ्गलादेशका १० टिमको सहभागिता रहेको थियो।
प्रतियोगिताको विजेता टोलीले नगद रु १३ लाख तथा उपविजेता टोलीले नगद रु सात लाख प्राप्त गर्ने छन्। यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु एक लाख पाँच हजार, उत्कृष्ट गोल किपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई नगद रु २५ हजार प्रदान गरिनेछ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु २१ हजार नगद पुरस्कार रहेको गोल्डकपका अध्यक्ष दीपेश ढकालले जानकारी दिए।
View : 268
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved