Biratnagar, Morang, Nepal
खेलकुद

विराटको सपना साकार

रोयल च्यालेन्जर्स बेंगलुरुले जित्यो आइपिएल उपाधि

खेलपछि विराट कोहलीले भने, “यो जित हाम्रो लागि अविस्मरणीय क्षण हो। हामीले धेरै वर्षदेखि यो सपना देखेका थियौं। टिमको सामूहिक प्रयास र फ्यानहरूको समर्थनले यो सम्भव भयो।”
-
अखवारका कुरा
२१ जेठ २०८२, बुधवार

Advertisement

 आइपिएल २०२५ को रोमाञ्चक फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै आफ्नो पहिलो आइपिएल उपाधि हात पारेको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा आरसीबीले पहिले ब्याटिङ गर्दै २० ओभरमा १९०/९ को लक्ष्य सेट गर्‍यो।

टीमका लागि कप्तान रजत पाटिदारले २६ रन बनाए भने विराट कोहलीले ३५ बलमा ४३ रनको महत्वपूर्ण योगदान दिए। साथै लियाम लिभिङस्टोनले २५ र जितेन शर्माले २४ रन बनाए। पञ्जाबका बलर अर्शदीप सिंहले ३ विकेट लिए।

जवाफी ब्याटिङमा आएको पञ्जाबले १८४/७ रन बनायो। शंकर सिंहले नटआउट ६१ रन बनाए पनि त्यो पर्याप्त हुन सकेन। पञ्जाबका शीर्ष ब्याटरहरूले सुरुवातमै राम्रो प्रदर्शन गर्न सकेनन्। आरसीबीका भुवनेश्वर कुमार र क्रुनाल पाण्ड्याले २–२ विकेट लिएर पञ्जाबलाई दबाबमा राखे।

खेलपछि  कोहलीले भने, “यो जित हाम्रो लागि अविस्मरणीय क्षण हो। हामीले धेरै वर्षदेखि यो सपना देखेका थियौं। टिमको सामूहिक प्रयास र फ्यानहरूको समर्थनले यो सम्भव भयो।”

सिजनमा गुजरातका साइ सुदर्शनले सर्वाधिक ७५९ रन बनाए भने कृष्णले सर्वाधिक २५ विकेट लिए। मुम्बईका सूर्यकुमार यादव प्लेयर अफ द सिरिज घोषित भए।

View : 127

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved