Biratnagar, Morang, Nepal
शिक्षा

सेन्टजोसेफले पुस ४ र ५ गते दशौं फ्युजनको आयोजना गर्दै

-
अखवारका कुरा
२८ मंसिर २०८२, आइतवार

Advertisement

विराटनगर । विराटनगर २ मा रहेको सेन्टजोसेफ विद्यालयमा दुइ दिने दसौ फ्युजन हुने भएको छ । विद्यालयले हरेक बर्ष संचालन गर्दै आएको दुइ दिने फ्युजन पुस ४ र ५ गते आयोजना हुने भएको छ ।


फ्युजनमा विद्यालयमा अध्ययनरत कक्षा ५ देखी १० सम्मका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गर्ने छन भने २ देखी १२ कक्षाका विद्यर्थीहरुले साइन्स एक्जुभेसन गर्ने छन ।

फ्युजनमा सेन्ट जोसेफमा अध्ययनरत विद्यार्थीहरुका अभिभावक पुराना विद्यार्थीहरु लगायत १५ हजार भन्दा बढिले फ्युजनको अवलोकन गर्ने विद्यालयले बताएको छ । पुस ४ र ५ गते हुने दुई दिने कार्यक्रममा आर्ट प्रर्दशन , साइन्स प्रर्दशन, हेयर बे्रन्डिङ , हन्टिङ हाउस सेल्फि जोन लगायत रहने छन्।

विद्यार्थीहरुले एक बर्ष भरि सिकेका कुराहरुलाई व्यबहारिक रुपमा प्रस्तुत गर्नका लागि दुई दिने फ्युजन कार्यक्रमको आयोजना गर्न लागेको निर्देशक रोहितजंग थपलियाले बताएका छन् ।

दुई दिने फ्युजन कार्यक्रममा विद्यार्थीहरुले पुस्तकमा पढेका कुराहरु साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत सिकेका कुराहरु प्रतुत गर्ने छन् । विशेषगरि सेन्टजोसेफले विद्यार्थीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागि गराउँदै आईरहेको छ ।

View : 91

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved