Biratnagar, Morang, Nepal
पर्यटन

वर्षमा तीन पटक रङ्ग बदल्ने मनमोहक कुपिन्डे दह

-
अखवारका कुरा
२४ कार्तिक २०८२, सोमवार

Advertisement

 

खगेन्द्र भट्टराई, नेपाल न्यूज बैंक

सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा अवस्थित कुपिन्डे दह प्राकृतिक सुन्दरता अनुपम कडी हो । दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्ने गरेको छ । 

सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा अवस्थित कुपिन्डे दह प्राकृतिक सुन्दरताको अनुपम कडी हो । हरियालीले घेरेको पहाडको बीचमा शान्त र स्वच्छ पानी फैलिएको यो दह सतहमै बादल र जंगलको प्रतिबिम्ब कोर्ने ऐनाजस्तै देखिन्छ। बीच भागमा देखिने शिवलिङ्ग जस्तै उठेको भू–आकृतिले यसलाई धार्मिक आस्था र पौराणिक प्रतीकसँग पनि जोडेको छ। 

बनगाड कुपिन्डे नगरपालिकाको सेजुवाल टाकुरा, मार्के, माझकाँडा, धाजी पीपल र कजेरीगाउँको  बीचमा रहेको कुपिण्डे दह प्राकृतिक रूपले सुन्दर मानिन्छ । कुपिण्डे दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्छ ।

हरियाली रुख विरुवा, सुन्दरबस्ती सल्यानी संस्कृतिको जनजीवनले जो कोहीलाई पनि कुपिण्डे दह पुग्दा आनन्दको महसुस हुन्छ । दहको किनारमा बराहको मन्दिर छ । सल्यानको मात्र नभएर बराह मन्दिरमा पूजा गर्न रुकुम, सुर्खेत र जाजरकोटका मानिस पनि पुग्ने गर्छन् ।

View : 24

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved