शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा प्रभावित
काठमाडौं– प्रधानमन्त्रीको विशेष निर्देशनपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सार्ने निर्णय गरेको छ। बोर्डको मंगलबार साँझ बसेको आकस्मिक बैठकले वैशाख ११ गतेदेखि सुरु हुने भनिएको परीक्षा अब वैशाख २१ गतेदेखि सञ्चालन हुने निर्णय गरेको बोर्डले जनाएको छ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले प्रधानमन्त्रीको सुझाव र विशेष परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा सार्ने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार परीक्षा व्यवस्थापन, सुरक्षासम्बन्धी चासो र आवश्यक तयारीका कारण परीक्षा सार्ने निर्णय गरिएको हो।
"विद्यार्थीहरूको हितलाई प्राथमिकतामा राख्दै परीक्षा सारिएको हो," डा. शर्माले भने, "सबै तयारीहरू नयाँ तालिकाअनुसार समयमै पूरा गरिनेछ।"
परीक्षाको नयाँ तालिका चाँडै सार्वजनिक गरिने बोर्डले जनाएको छ। साथै, परीक्षार्थीहरूलाई ढुक्क भएर तयारी गर्न आग्रह गर्दै बोर्डले सुरक्षित, व्यवस्थित र तनावमुक्त वातावरणमा परीक्षा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
यो निर्णयले विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई केही अतिरिक्त तयारी समय प्रदान गर्ने विश्वास गरिएको छ।
View : 421
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved