Biratnagar, Morang, Nepal
देश

संविधान दिवस

आज संविधान दिवस, विविध कार्यक्रमसहित मनाइँदै

-
अखवारका कुरा
३ असोज २०८२, शुक्रवार

Advertisement


काठमाडौं । असोज ३ गते, संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। यस अवसरमा राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा मूल समारोह आयोजना गरिएको छ, जसमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख आतिथि रहनेछन्। समारोह बिहान ८ः३० बजे सुरु हुने कार्यक्रम तय गरिएको छ।

उक्त समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्। यस वर्षको विशेष परिस्थितिलाई ध्यानमा राख्दै परम्परागत झाँकी प्रदर्शन र सांस्कृतिक कार्यक्रम भने स्थगित गरिएको छ। यद्यपि, सरकारी निकाय, सुरक्षा संस्थान र शैक्षिक संगठनहरूमा विभिन्न प्रकारका कार्यक्रम गरी दिवसलाई सम्मानपूर्वक मनाइने जनाइएको छ।

२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको दिनलाई सम्झना गर्न हरेक वर्ष यो दिवस मनाइँदै आएको हो। लामो संघर्ष, आन्दोलन र बलिदानीपछि प्राप्त संविधानलाई ऐतिहासिक उपलब्धिका रूपमा लिइन्छ। यसले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा अघि बढाएको छ।

संविधान दिवसको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ। संविधानले दिएका अधिकार, कर्तव्य र मुलुकको भविष्यप्रति आशा जागृत गराउने दिनका रूपमा यो दिवस मनाइने गरिएको छ।

View : 130

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved