Biratnagar, Morang, Nepal
खेलकुद

टी—२० विश्वकप छनोट : सन्दिप लामिछाने सहितको टोली घोषणा

१७ असोज २०८२, शुक्रवार

Advertisement


काठमाडौं । ओमानमा हुने टी—२० विश्वकप छनोटका लागि नेपाली क्रिकेटको अन्तिम टोली घोषणा गरिएको छ। धेरैको चासोमा रहेका सन्दिप लामिछाने पनि टीममा समावेश भएका छन् । 
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो। टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले यसअघि वेस्ट इन्डिजसँगको सिरिजमा रहेका साहब आलमलाई बाहिर राख्दै १५ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्।

यूएईमा भएको वेस्ट इन्डिजसँगको तीन खेलको टी(२० सिरिजमा अनुशासनको कारबाही भोगेका सन्दीप लामिछाने पनि अन्तिम टोलीमा समेटिएका छन्।

छनोट खेल्न नेपाली टोली ओमान पुगिसकेको छ भने छनोट अक्टोबर ८ मा सुरु हुँदैछ। 

टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आशिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, मोहम्मद आदिल आलम, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुल्सन झा र लोकेश बम छन् । 

View : 172

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved