Biratnagar, Morang, Nepal
शिक्षा

कान्तिपुरको सम्मान

विराटनगरमा कान्तिपुर कलेजद्वारा ४ जिपीए सहित प्रवेश परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान

-
अखवारका कुरा
६ साउन २०८२, मङ्गलवार

Advertisement

विराटनगर 
 विराटनगर–१० स्थित कान्तिपुर कलेजले ४ जिपीए हासिल गर्ने र प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रमका बीच सम्मान गरेको छ।

कलेजले नयाँ भर्ना भएका विद्यार्थीका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमकै अवसरमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको हो। ४ जिपीए ल्याउने दुर्गा कार्की लगायतका विद्यार्थीहरुलाई सम्मान गरिएको कलेजले जनाएको छ।

कोशी र मधेश प्रदेशका १२ सयभन्दा बढी विद्यार्थीले अध्ययन गर्दै आएको कान्तिपुर कलेज यो वर्ष थप लोकप्रिय बनेको छ। कलेजका अनुसार यस वर्ष १ हजार ४ सय ६५ जनाले भर्ना फारम भरेका थिए। तीमध्ये प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएका १ हजार ६५ जनालाई भर्ना गरिएको कलेज प्रशासनले जनाएको छ।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख जीवन गड्तौला, विराटनगर–१० का वडाध्यक्ष अर्जुन गिरी, कलेजका प्रिन्सिपल भुवन नेपाल, अध्यक्ष खुशीराज श्रेष्ठ, भाइस प्रिन्सिपल देवीलाल महतो लगायतले विद्यार्थीहरुलाई सम्मान गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य दिंदै प्रिन्सिपल नेपालले “कोशी प्रदेशको राजधानी विराटनगरको शैक्षिक क्षेत्रमा कान्तिपुरले अतुलनीय योगदान दिँदै आएको” बताए। कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले नृत्य र गीतमार्फत नयाँ विद्यार्थीहरुलाई स्वागत गरेका थिए।

सम्मान तथा अभिमुखीकरण कार्यक्रममा मोरङ प्याब्सनका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ, शिक्षक–शिक्षिकासहित ठूलो संख्यामा अभिभावक तथा विद्यार्थीको उपस्थिति रहेको थियो।

View : 135

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved