राजधानीमा सुरु भएको १७औं संस्करणको नाडा अटो शो ले यस वर्ष नयाँ इतिहास रचेको छ। मंगलबार भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै पहिलो पटक फ्लाइङ ट्याक्सीको अनावरण गरे।
शोमा प्रदर्शित फ्लाइङ ट्याक्सीलाई अवलोकन गर्न ठूलो संख्यामा दर्शकको भिड लागेको थियो। प्रदर्शनीमा ‘डिपल फ्लाइङ ट्याक्सी’ र अत्याधुनिक युनिट्री रोबोट्स प्रमुख आकर्षण बनेका छन्।
नाडाका अनुसार नेपालमा हालसम्म फ्लाइङ ट्याक्सी सञ्चालनका लागि कानुनी र प्राविधिक मापदण्ड तयार नभएकाले अहिले यसलाई केवल प्रदर्शनीका लागि मात्र प्रस्तुत गरिएको हो। भविष्यमा सम्बन्धित मापदण्ड तयार भएपछि मात्रै यसको व्यावसायिक सञ्चालन सम्भव हुने स्पष्ट पारिएको छ।
फ्लाइङ ट्याक्सी चीनको अग्रणी प्रविधि कम्पनी XPENG AEROHT द्वारा विकास गरिएको ‘इभीटोल फ्लाइङ कार’ हो। यसको अन्तर्राष्ट्रिय मूल्य करिब १० लाख चिनियाँ युआन (१ लाख ३७ हजार अमेरिकी डलर) अर्थात् करिब १ करोड ८० लाख नेपाली रुपैयाँ पर्ने बताइएको छ।
View : 129
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved