गो ग्रीन विराटनगर
विराटनगरको वडा नम्बर ४ र ५ हुँदै सुन्सरी तर्फ जाने हुलाकी राजमार्ग क्षेत्रमा बृक्षारोपण अभियान सुरु गरिएको छ।
विराटनगरका ४ र ५ का युवाहरुले गो ग्रीन विराटनगर अभियान सुरु गरेका हुन । विगतको समयमा सबै भन्दा धेरै धुलो खाएर बसेका स्थानियलाई अब स्वस्थ हावामा श्वास फेर्ने वातावरण बनाउने उदेश्यले सो अभियान संचालन गरिएको हो ।
उक्त स्थानमा कपुर स्वामी निम असारे फुल पारिजात लगयातका १२ प्रजातिका बहु उपयोगी बिरुवाहरु रोपिएको छ । बिरुवा बढ्दै जांदा उक्त क्षेत्रमा सौन्दर्य बढ्ने समेत बिश्वास लिइएको छ ।
हाल डिभाइडर क्षेत्रमा रोपिएको भए पनि चाँडै सडक को दुबै क्षेत्रमा बिरुवा रोपिने सो अभियानका सुशील तिम्सिनाले जानकारी दिए ।
दुई दिनमा २ किलोमिटर क्षेत्रमा बिरुवा रोपिएको र स्थानीयको उत्साह जनक सहभागिता रहेकोले अभियान संचालन गर्ने ब्यक्तिहरुमा उत्साह थपिएको अभियानता उत्तम दाहाल डेकाले बताए ।
स्थानीय देवचन्द्र घिमिरेले सो अभियान सगै हरियाली नहर बनाउने उदेश्यले फल्ने र फुल्ने बिरुवा रोपेर हराभरा बनाइने र सबैलाई समेटेर बिरुवा रोप्ने अभियानमा लागिने जानकारी दिए ।
विराटनगरको ढाट देखि जोगवनी सम्म १२ किलोमीटर बिरुवा रोपेर हरित अभियानमा अघि बढेका नवीन अधिकारी , बिनोद गौतम , सुशील केसी, महेश चापागाईं, भरत यादव लगायतको समूह पनि उक्त अभियानमा साथ दिन जोडिएका छन ।
यसरी विराटनगरलाई हरियाली बनाउने उदेश्यले स्वत स्फुर्त रुपमा बिभिन्न समुहहरु बिभिन्न स्थानमा सक्रिय रहदै गर्दा आम सर्वसाधारणमा आफ्नो शहर स्वच्छ हावा सहितको हराभरा हुने आशा जागेको छ ।
View : 846
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved