शिक्षा सबैका लागि
विराटनगर — विपन्न तथा मेधावी विद्यार्थीलाई शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले RONB को पहलमा, Sowers Action Nepal & HK, NCELL Foundation र Dari Club USA को सहकार्यमा विराटनगर–४ स्थित गोग्रहा माध्यमिक विद्यालयमा छात्रवृत्ति छनोट परीक्षा बिहीबार सम्पन्न भएको छ।
आयोजक संस्थाका अनुसार कूल ११० जना विद्यार्थीले आवेदन दिएका मध्ये ७६ जनाले परीक्षा दिएर आफ्नो क्षमता प्रदर्शन गरे। कार्यक्रममा १००’s ग्रुपका प्रतिनिधिका रूपमा डा. धीरज कुमार शाह र डा. शशांक सिंह राजपूतको विशेष उपस्थिति रहेको थियो।
परीक्षाको व्यवस्थापनमा बरगाछी युवा समूहका संयोजक विधान अधिकारी र स्रष्टा नेपालका संयोजक रबिन कार्कीको नेतृत्वमा स्वयंसेवकहरूको सक्रिय भूमिका देखिएको थियो।
कार्यक्रमले आर्थिक अभावका कारण अध्ययनमा चुनौती भोगिरहेका विद्यार्थीहरूलाई नयाँ आशा र आत्मविश्वास जगाएको आयोजकको भनाइ छ। छानिएका विद्यार्थीहरूलाई शैक्षिक वर्षभरि छात्रवृत्ति प्रदान गरिनेछ।
आयोजकले यसरी नै ग्रामीण तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई प्रोत्साहन गर्ने योजना आगामी दिनमा पनि निरन्तर रहने जनाएका छन्।
View : 1376
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved