काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई नेपाली सेनाको प्रधानसेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबिच शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।
सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । सिग्देललाई राष्ट्रपति पौडेलले यही भदौ १२ गते प्रधानसेनापति पदमा आजबाट लागु हुने गरी नियुक्त गर्नुभएको थियो ।
समारोहमा उपराष्ट्रपति राम सहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षा मन्त्री मावबीर राई, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, सुरक्षा अङ्गका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
View : 302
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved