टेस्टी टेस्टी हाजिरी जवाफ
विराटनगर
विराटनगर जूनियर जेसीजद्वारा आयोजित काबरा ग्रुप अफ इन्डष्ट्रिज द्वारा पूर्ण रूपले प्रायोजित २९औं संकरण को अन्तर बिधालय जेसीज tasty tasty quiz contest को उद्घाटन विराट्नगरको गुरुकुलमा सम्पन्न भएको छ।
उक्त कार्यक्रम का प्रमुख अथिति मोरङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोख्रेल रहनु भएको थियो भने उक्त कार्यक्रममा काबरा ग्रुप अफ इन्डष्ट्रिजका निर्देशक नवल किशोर काबरा ,बिराटनगर जूनियर जेसीजका संस्थापक अध्यक्ष तथा क्वीज़ मास्टर डा संदेश दास श्रेष्ठ, बिराटनगर जूनियर जेसीजका अध्यक्ष गौरव कर्ण,बिराटनगर जेसीजका अध्यक्ष प्रीतेश राज दाहाल,बिराटनगर जूनियर जेसीजका भूतपूर्व अध्यक्ष सनराइज चौधरी,चण्डीका भण्डारी लगायतको उपस्थी रहेको थियो।
उद्घाटन खेलमा कान्तिपुर स्कूल,सहिद स्मृति,पाथीभरा स्कूल,मोडर्न एरा,सत्यनारायण, आरंभ स्कूल गरी ६ बिधालय सहभागी थिए भने आजको खेलमा पहिलो स्थान हासिल गर्दै पाथीभरा स्कूल इटहरी र दोस्रो स्थान हासिल गर्दै सहिद स्मृति स्कूल फाइनलमा प्रवेश गरेको छन्।
View : 396
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved