घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै नेपाली महिला यू-१९ टोली आगामी जनावरी-फेब्रुअरीमा मलेसियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट भएको छ।
आइसिसी यू-१९ महिला टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले निर्णायक तथा अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गरेसँगै रनरेटमा पनि सुधार गर्दै विश्वकपमा स्थान पक्का गरेको हो। चार टोलीबीच भएको छनोटमा नेपाल र युएईले समान ५-५ जित निकाल्दा १०-१० अंक जोडे। नेपालको रनरेट ३.९ रहदा युएईको ३.७ रह्यो।
दुवै टोलीले एक-एक खेलमा हार ब्यहोरे। युएईले पहिलो चरणको लिगमा नेपाललाई हराएको थियो। बुधबार नेपालले युएईलाई दोस्रो चरणको लिगमा पराजित गरेसँगै रनरेटमा अघि रहन सफल भयो।
निर्णायक तथा अन्तिम खेलमा युएई दिएको ८४ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १४.४ ओभरमै पूरा गर्यो। चाडै लक्ष्य पूरा गर्दा नेपालले रनरेट सुधार गर्न सफल भएको हो।
नेपालका लागि ओपनर सना प्रवीनले नटआउट ३५ रन र सोनी पाख्रिनले नटआउट १३ रन जोडे।
अर्की ओपनर सावित्री धामीले १२ रन जोड्दा कप्तान पूजा महतोले २१ रन बनाइन्। एलबिडब्लूको धरापमा पर्नुअघि पूजाले १८ बलमा ४ चौका प्रहार गरिन्।
View : 313
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved