गभर्नर सपथ
काठमाडौं, बैशाख ७ – नेपालको मौद्रिक नीतिमा दीर्घकालीन अनुभव बटुलेका अर्थविद् डा. विश्व पौडेल नेपाल राष्ट्र बैंकका १८औँ गभर्नरमा नियुक्त भएपछि उनले आज बिहान सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
शपथ समारोहमा प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले डा. पौडेललाई पद तथा गोपनीयताको शपथ गराए। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिबाट प्राप्त तीन नाममध्ये डा. पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
डा. पौडेल नेपालको आर्थिक नीतिनिर्माण, बजेट योजना, वित्तीय सुधार र सरकारी लगानी व्यवस्थापनमा दुई दशकभन्दा बढी समयदेखि संलग्न छन्। उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत हुन्। साथै, उनमा अन्तर्राष्ट्रिय वित्तीय संस्थासँगको समन्वय, सार्वजनिक खर्चको प्रभावकारिता, र पारदर्शिता प्रवर्द्धनमा विशेष दक्षता रहेको छ।
उनको नेतृत्वमा राष्ट्र बैंकले वित्तीय स्थायित्व, मुद्रास्फीति नियन्त्रण, र डिजिटल बैंकिङ प्रणालीको सुदृढीकरणमा नयाँ गति लिने अपेक्षा गरिएको छ।
गभर्नर पौडेलको नियुक्ति सँगै मुलुकको आर्थिक दिगोपन, मौद्रिक नीति सुधार र समावेशी वित्तीय पहुँचमा नयाँ युगको सुरुवात हुने विश्वास लिइएको छ।
View : 375
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved