अमेरिका जाने सपना पूरा होला त ?
काठमाडौं । अमेरिकी इ–डिभी (डाइभर्सिटी भिसा) कार्यक्रम अन्तर्गत सन् २०२६ का लागि लटरी नतिजा सार्वजनिक गरिएको छ। अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले शनिबार (मे ४) अमेरिकी पूर्वीय समय अनुसार दिउँसो १२ बजे र नेपाली समय अनुसार राति ९:४५ बजेपछि नतिजा सार्वजनिक गरिएको जनाएको हो।
गत वर्ष अक्टोबर २ देखि नोभेम्बर ७ सम्म फारम भरेका आवेदकहरूले dvprogram.state.gov मा गएर आफ्नो कन्फर्मेसन नम्बर प्रयोग गरी नतिजा हेर्न सक्नेछन्।
छनोटमा परेकाहरूले सन् २०२५ को अक्टोबर १ देखि भिसा प्रक्रिया सुरु गर्न पाउनेछन्। अमेरिकी नियमअनुसार, सबै प्रक्रिया २०२६ को सेप्टेम्बर अन्त्यसम्ममा सम्पन्न गर्नुपर्नेछ। सो अवधिभित्र भिसा प्रक्रिया नसक्नेहरू स्वचालित रूपमा अयोग्य ठहरिनेछन्।
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि इ–डिभी मार्फत हजारौं नेपालीले अमेरिका जाने आशा राखेका छन्। कार्यक्रम अमेरिकी सरकारले विविधता प्रवर्द्धन गर्ने उद्देश्यले संचालन गर्दै आएको हो, जसअनुसार विश्वका विभिन्न देशका नागरिकहरूलाई स्थायी बसोबास (ग्रीन कार्ड) को अवसर दिइन्छ।
View : 391
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved