Biratnagar, Morang, Nepal
खेलकुद

नेपाल प्रिमियर लिग

एनपीएलः काठमाण्डु गोर्खाजद्वारा पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य

-
अखवारका कुरा
१८ मंसिर २०८२, बिहिवार

Advertisement


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ । 
बिहीबार टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गेको काठमाण्डुले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १६५ रन जोडेको हो । 
काठमाण्डुका लागि ओपनर वेन चाल्र्सवथले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै  सर्वाधिक ६४ रन बनाए । त्यस्तै भीम सार्कीले अर्धशतक बनाए । 
काठमाडौंको लिग चरणमा आज यो अन्तिम खेल हो । टोलीले ६ मध्येको ४ खेल जितेको छ । पोखरालाई पराजित गरेमा काठमाडौंको शीर्ष २ मा पर्दै क्वालिफायर–१ खेल्ने सम्भावना बलियो हुनेछ । 
पोखरालाई शीर्ष चारमा पर्न यो खेल जित्नै पर्ने दबाब रहेको छ । पोखराले ५ खेलमा २ जित र ३ हारको स्थितिमा रहेको छ ।

 

View : 78

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved