विराटनगर
विराटनगरका दुई कराते खेलाडी राष्ट्रिय प्रशिक्षक बनेका छन्।
विराटनगरका विवेक थापा र साहिल गिरीले हालै सम्पन्न राष्ट्रिय कराते प्रशिक्षक सम्मेलनमा परीक्षा दिएर उत्तीर्ण भएपछि उनीहरू राष्ट्रिय प्रशिक्षकका रूपमा स्थापित भएका हुन्।
नेपाल कराते महासङ्घको आयोजनामा भएको उक्त सम्मेलनमा देशभरका दर्जनौँ कराते खेलाडी तथा प्रशिक्षक आकांक्षीले सहभागिता जनाएका थिए। त्यस क्रममा दुबै खेलाडीले सैद्धान्तिक र प्राविधिक परीक्षामा उत्कृष्ट प्रदर्शन गरेका थिए।
विवेक थापा कराते खेलमा लामो अनुभव बोकेका खेलाडी हुन्। उनले साउथ एसियन गेम्स (SAG) को प्रशिक्षण शिविरमा समेत स्थान पाएका थिए। त्यस्तै, साहिल गिरीले समेत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा मोरङलाई प्रतिनिधित्व गर्दै पदक जित्ने सफल यात्रा तय गरेका छन्।
राष्ट्रिय प्रशिक्षकको प्रमाणपत्र पाएसँगै उनीहरू आगामी दिनमा स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरका कराते खेलाडीलाई तालिम दिने जिम्मेवारीसमेत पाउनेछन्।
स्थानीय खेलप्रेमी तथा खेल संघका प्रतिनिधिहरूले उनीहरूको सफलतालाई विराटनगरको खेलकुद क्षेत्रको गौरवको रूपमा लिएका छन्।
View : 1123
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved