विराटनगर । विराटनगरका सक्रिय पत्रकार बाबुराम भण्डारीलाई यस वर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
उद्घोष दैनिकमा लामो समय देखि पत्रकारिता गरेका भण्डारीले १५ हजार ५ सय रूपैयाँ राशिको पुरस्कार द्वारा पुरस्कृत गरिएको उनले बताए । पत्रकार स्वर्गीय जनार्दन मैनालीका नाममा स्थापना गरिएको उक्त पुरस्कार प्रेस चौतारी मोरङले हरेक वर्ष प्रदान गर्दै आएको छ ।
प्रेस चौतारी मोरङले बुधबार विराटनगरमा आयोजना गरेको चाडपर्व लक्षित शुभकामना अदानप्रदान एवं पत्रकारिता पुरस्कार समर्पण समारोहमा पत्रकार भण्डारीलाई नेकपा (एमाले)का उपाध्यक्ष गुरु बरालले पुरस्कार प्रदान गरे। पुरस्कार समर्पण समारोहमा स्व. मैनालीकी पत्नी कमला मैनाली, छोराहरू गंगाधर मैनाली र मुकेश मैनालीलगायत उपस्थित रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष बरालले संविधान संशोधनका लागि एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेको बताउदै लोकतन्त्रको संस्थागत विकास, देशको विकास र समृद्धिका लागि गठबन्धन बनेको र देशमा सहमतिका आधारमा संविधान संशोधन हुने बरालको भनाइ थियो ।
View : 493
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved