२ बर्ष सम्मकाे फ्रि स्पेयर्स पार्टस याेजना सहित
विराटनगर : टिभिएस माेटर्सकाे नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा माेटर्सले विराटनगरमा महा एक्सचेञ्ज मानिया सचालनमा ल्याएको छ ।
टिभिएस बाइकको महा एक्स्चेन्ज मानिया विराटनगरको पन्जावी पेट्रोल पम्प छेउमा सुरु भएको हो ।
नेपालमा सर्वाधिक बिक्रिदर भएको टिभिएसले हाल सम्मकै ठुलाे अफर सहित एक्सचेञ्ज क्याम्प सचालनमा ल्याएकाे कम्पनीका रिजनल अफिसर नविन खड्कालेले जानकारी दिए।
टिभिएसकाे सबै भन्दा पुरानाे लिगेसि भएकाे अपाचे सिरिजमा २ बर्ष सम्मकाे पिरियाेडिक पार्टस तथा मर्मत फ्रि अफर पनि ल्याएको छ।
जस अन्तर्गत ३१ हजार बराबरकाे निशुल्क स्पेयर्स तथा सर्भिस सुविधा ग्राहकले पाउन सक्ने छन। यो सुविधा दुई प्राङ्ग्रे सवारी साधनका लागि अहिले सम्मकै उत्कृष्ट रहेको छ ।
साथै एक्सचेञ्ज अवधि भर खरिद गर्ने ग्राहकहरुलाई १० हजार सम्मकाे नगद छुट तथा साटफेरमा उत्कृष्ट मुल्यांकन, ७.९९% ब्याजदरमा स्पाेट फाईनान्स, निशुल्क एसेसरिज पनि रहेकाे ब्यबस्थापक गाेबिन्द पाेख्रेलले जानकारी दिए।
मेलामा टेस्ट राईडकाे पनि सुबिधा रहेकाे छ भने एक जना भाग्यशाली ग्राहकलाई १ थान रियलमी माेबाईल समेत पुरस्कारका रुपमा प्रदान गरिने छ ।
मेला यहि फागुन ११गते देखि १६ देखि सम्म संचालन हुने रिजनल म्यानेजर मोहन थापाले जानकारी दिए ।
एक्स्चेन्ज अफर सहितको सुविधा हरेक बर्ष संचालन गर्दै आएको र सो अवसरमा ग्राहकले छनौटको अवसर पाउने गरेको साथै हजारौ ग्राहकहरु यस वाट लाभान्वित हुँदै आएको विराटनगरका लागि आधिकारिक बिक्रेता केशरीचन्द भवरलाल पिपल चौक विराटनगरले जनाएको छ ।
View : 419
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved