Biratnagar, Morang, Nepal
शिक्षा

कक्षा १२ को परीक्षा मिति सार्वजनिक

कक्षा १२ को परीक्षा बैशाख ११ गतेदेखि

बोर्डको कार्यतालिकामा २०८२ को वैशाख ११ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा गर्ने उल्लेख भए बमोजिम सोही मितिमा परीक्षा गर्ने गरि बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो ।
-
अखवारका कुरा
१ फागुन २०८१, बिहिवार

Advertisement

काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि परीक्षा गर्नेगरी तालिका सार्वजनिक गरेको छ । 

वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा २४ गते सम्म चल्ने बोर्डले जनाएको छ । 

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक विषयका विद्यार्थीका लागि तालिका सार्वजनिक भएको हो । 

परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायतका अन्य इलेक्ट्रिोनिक्स डिभाइस लैजान निषेध गरिएको र परिक्षालाइ मर्यादित बनाइने बोर्डले जनाएको छ । 

बोर्डको  कार्यतालिकामा २०८२ को वैशाख ११ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा गर्ने उल्लेख भए बमोजिम सोही मितिमा परीक्षा गर्ने गरि  बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । 

View : 372

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved