विद्यार्थीहरूको शैक्षिक भविष्यलाई लक्षित गर्दै ग्रेस इन्टरनेशनल विराटनगरले आयोजना गरेको EDUVerse – Australia Admission Day कार्यक्रम शुक्रबार विराटनगरमा भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रममा टोरेन्स युनिभर्सिटी, ईसीए ग्रुपलगायत २० भन्दा बढी प्रतिष्ठित अष्ट्रेलियन विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी भएका १५० भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष काउन्सेलिङ लिएका थिए। विद्यार्थी र अभिभावकहरूले अष्ट्रेलियामा अध्ययन गर्ने अवसर, स्कॉलरशिप, करियर विकासका सम्भावना र जीवनशैलीसम्बन्धी विस्तृत जानकारी पाएको जनाएका छन्।
ग्रेस विराटनगरका संचालक प्रदीप बास्तोलाका अनुसार, “यस्ता कार्यक्रमहरूले विद्यार्थीलाई प्रत्यक्ष विश्वविद्यालय प्रतिनिधिसँग भेटघाट गर्ने अवसर दिन्छन्। यसले उनीहरूलाई अध्ययनका अवसरबारे स्पष्ट जानकारी लिन र भविष्यको निर्णय सहज बनाउन मद्दत पुर्याउँछ।”
ग्रेस इन्टरनेशनल विराटनगरले यस्ता शैक्षिक कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
View : 392
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved