भारत : भारत मुम्बईको गेटवे अफ इन्डियाबाट एलिफेन्टा जाँदै गरेको नीलकमल डुंगा नेवीको जहाजसँग ठोक्किएर समुद्रमा डुबेको छ। दुर्घटनामा ४ नेवी र ९ सर्वसाधारण गरी १३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
८० यात्रु क्षमताको नीलकमल डुंगामा २० बालबालिकासहित एक सय १० जना यात्रु सवार थिए। जसमध्ये १ सय १ जनाको उद्धार गरिएको छ।
बुधबार दिउँसो ३ः५५ बजे उरणकाे नजिक दुर्घटना भएको हो। मुम्बईबाट एलिफेन्टा गुफा जाँदै गर्दा अरब सागरको बुचर आइल्याण्ड नजिक नेवीको गस्ती स्पीड बोटले उरणलाई ठक्कर दिँदा पानीले भरिएर डुंगा डुबेको थियो।
मुख्यमन्त्री देवेन्द्र फडणविसले उद्धार गरिएकालाई अस्पतालमा भर्ना गरिएको ८ः२५ बजे विधानसभामा जानकारी गराएका थिए। सबै मृतकका परिवारलाई राज्य सरकारले ५ लाख रुपैयाँ दिने भएको छ। प्रहरी र नेवीले संयुक्त रूपमा दुर्घटनाको अनुसन्धान गर्ने जनाइएकाे छ। एजेन्सी
View : 587
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved