मन्त्री पुनको एक्सन
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) को शुक्रबार बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अध्यक्षको हैसियतले तत्काल कार्यान्वयन गर्नुपर्ने निर्देशन दिएका छन्।
मन्त्री पुनले मौजुदा पाठ्यक्रम सुधार गरी नवप्रवर्तन समावेश गर्ने खाका असोज मसान्तभित्र पेश गर्न कार्यदललाई निर्देशन दिएका छन्। साथै, एकीकृत शैक्षिक क्यालेन्डर तयार गरी परीक्षा सञ्चालनको तीन महिनाभित्र अनिवार्य रुपमा नतिजा प्रकाशन गर्ने व्यवस्था मिलाउन उनले निर्देशन दिएका छन्।
विद्यार्थी, अभिभावक र शिक्षकका गुनासो सुन्ने तथा अभिलेखिकरण–समाधान गर्ने शाखा तुरुन्तै स्थापना गरी सञ्चालनमा ल्याउन पनि मन्त्री पुनले निर्देशन दिएका छन्।
साथै, २०६९ सालदेखि हालसम्म सम्बन्धनका लागि प्राप्त भएका सम्पूर्ण आवेदनको छानबिन गरी असोज मसान्तभित्र प्रतिवेदन पेश गर्ने र सम्बन्धन दिने वा नदिने विषयमा तत्काल निर्णय गर्न मन्त्री पुनले निर्देशन दिएका छन्।
बैठकमा भएका निर्णयहरूका वारेमा सामाजिक संजाल फेसबुकमा राख्दै मन्त्री पुनले सो जानकारी दिएका हुन । सर्वसाधारणले मन्त्री पुनको कार्यकालमा शिक्षा क्षेत्रमा व्यापक सुधार हुने विश्वास राखेका छन ।
View : 208
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved