Biratnagar, Morang, Nepal
प्रदेश

मोरङ जिल्ला प्रशासनलाई उद्योगी राउतले दिए १० वटा कम्प्युटर

-
अखवारका कुरा
४ असोज २०८२, आइतवार

Advertisement

विराटनगर । प्रतिष्ठित उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जिल्ला प्रशासन कार्यालय मोरङलाई १० वटा कम्प्युटर सहयोग गरेका छन् ।

जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडमा  प्रशासन कार्यालय ध्वस्त भएको थियो । आगजनी र तोडफोडसँगै कार्यालयको सेवा प्रभावित भएको छ । आगोले महत्वपूर्ण कागजातसहित सामग्रीहरु पूर्णरूपमा जलेर खरानी भएका थिए । प्रशासनको सेवा प्रभावित भएका बेला महासंघका अध्यक्ष राउतले १० थान कम्प्युटर उपलब्ध गराएका हुन् । सेवा सञ्चालनमा सहजता होस् भनेर कम्प्युटर सहयोग गरेको उनको भनाइ छ ।

उद्योगी राउतले उपलब्ध गराएको कम्प्युटर महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई हस्तान्तरण गरेका छन् । त्यस्तै, आगलागीका कारण ध्वस्त भएको प्रशासनको भवनमा रंगरोगनका लागि एसियन पेन्ट्सले ३ सय लिटर रंग उपलब्ध गराएको छ ।

उक्त रंग प्रयोग गर्ने खर्च समेत महासंघले बेहोर्ने भण्डारीले बताए । जिल्ला प्रशासन भवन क्षतिग्रस्त भएपछि सेवाग्राहीलाई आवश्यक आधारभूत सेवा दिन कठिनाइ भइरहेको अवस्थामा प्राप्त सहयोगले कार्यालय सञ्चालन सहज हुने प्रजिअ यादवले बताए ।

View : 128

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved