Biratnagar, Morang, Nepal
देश

जेनजी आन्दोलन

जेनजी आन्दोलनमा दमनप्रति आपत्ति जनाउँदै कृषि मन्त्री रामनाथ अधिकारीले दिए पदबाट राजिनामा

-
अखवारका कुरा
२३ भदौ २०८२, मङ्गलवार

Advertisement

 कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। धादिङ–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित अधिकारीले भाद्र २३ गते भएको जेनजी आन्दोलनमा व्यापक दमन, हत्या र बल प्रयोग भएको घटनाप्रति आपत्ति जनाउँदै सोमबार मन्त्री पद छाडेको घोषणा गरेका हुन्।

अधिकारीले सार्वजनिक वक्तव्यमार्फत युवापुस्तामाथि भएको दमन र मुलुकमा बढ्दो असहिष्णुताप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। “देश निर्माणमा सहकार्य गर्नुपर्ने पुस्तासँग युद्ध जस्तो व्यवहार हुनु असह्य भयो,” उनले भनेका छन्।

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने अधिकारीले लोकतान्त्रिक मूल्य–मान्यतामा कुनै सम्झौता गर्न नसक्ने बताउँदै सरकारको अलोकतान्त्रिक कदमसँग सहमत हुन नसक्ने कारण पदबाट अलग हुने निर्णय गरेको स्पष्ट पारेका छन्।

उनले आफू मन्त्री पदमा रहँदा देखिएका कमजोरीबारे आम जनसमुदायसँग नैतिक क्षमायाचना गर्दै लोकतन्त्रमा जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही नहुने प्रष्ट पारेका छन्।

View : 100

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved