काठमाडौ - नवरात्रको तेस्रो दिन आज घरघरमा र शक्तिपीठहरूमा नवदुर्गामध्येकी तेस्री चन्द्रघण्टा देवीको विशेष पूजाराधना गरिएको छ।
सोमबार घटस्थापनासँगै पहिलो दिन शैलपुत्री र दोस्रो दिन मंगलबार ब्रह्मचारिणी देवीको आराधना गरिएको थियो। आज भने चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा गरिएको हो।
नवरात्रका नौ दिनभर दशैँघर वा पूजास्थलमा दुर्गा सप्तशती, देवीभागवत लगायतका स्तोत्र पाठ गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार देवीको भक्तिपूर्वक पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने बताइन्छ।
ग्रन्थअनुसार देवीले हातमा चन्द्र आकारको घण्टा धारण गर्ने भएकाले नै उहाँको नाम ‘चन्द्रघण्टा’ रहन गएको हो।
दुर्गा पक्षमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा हुने गर्दछ।
देशभरका शक्तिपीठमा नवरात्रका दिन दर्शनार्थी भक्तजनको भीड देखिन्छ।
View : 164
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved