कोबासमा विधार्थीको आकर्षण
विराटनगर, असार ६ –
विगत लामो समय देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आफ्नो उत्कृष्टता प्रदर्शन गरेको कोबास कलेजले
व्यवस्थापन, विज्ञान र होटल म्यानेजमेन्ट जस्ता शैक्षिक कार्यक्रमहरूमा सशक्त रुपमा अघि बढीरहेको छ ।
विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूको सहजता र आवश्यकतालाई ध्यानमा राख्दै सेवा दिन कलेज प्रतिबद्ध रहेको जनाएको छ।
"हामी विद्यार्थीमैत्री वातावरण निर्माणमा प्रतिबद्ध छौं," कलेज प्रशासनले बताएको छ, "अभिभावक र विद्यार्थीको चासोअनुसार सुविधा सम्पन्न भौतिक पुर्वाधार सहित अझ प्रभावकारी ढंगमा अघि बढ्ने निर्णय गरिएको हो।"
हाल कोबास कलेजमा +2 अन्तर्गत होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट र बिज्ञान संकायका कक्षाहरू सञ्चालनमा छन्। यी विषयहरूमा अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकहरूको कलेज भ्रमण, जानकारी संकलन तथा परामर्शको क्रम उल्लेखनीय रूपमा बढिरहेको छ।
संचालक तथा प्रिन्सिपल प्रीया सारडाले भनिन्,
"शिक्षा केवल किताबी ज्ञानमा सीमित छैन। वातावरण, पहुँच र आत्मीयता पनि उत्तिकै महत्वपूर्ण छन्। हामी यही सोचसाथ कोबास कलेजलाई अझ प्रभावकारी बनाउँदै लैजान प्रतिबद्ध छौं।"
हाल कलेजमा इन्क्वायरी ओपन गरिएको छ। इच्छुक विद्यार्थी तथा अभिभावकहरूलाई समयमै सम्पर्क गरी जानकारी लिन र कलेजको संरचना अवलोकन गर्न आग्रह गरिएको छ।
कोबास कलेज पूर्वी नेपालकै एक विश्वसनीय र लोकप्रिय शैक्षिक गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ।
View : 547
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved