च्याम्पियन्स ट्रफी
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा मंगलबार भएको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफीको फाइनलमा स्थान बनाएको छ ।
भारतका लागि विराट कोहलीले ८४ रनको महत्वपूर्ण इनिङ्स खेल्दै टिमलाई जित दिलाउन योगदान दिए भने हार्दिक पाण्ड्याले आक्रामक २८ रन प्रहार गर्दै भारतलाई जित दिलाए।
अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै २६५ रनको लक्ष्य प्रस्तुत गर्दा अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले ७३ तथा एलेक्स केरीले ६१ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानहरु भारतीय बलरहरूले उत्कृष्ट बलिङका सामु चल्न सकेनन।जसका कारण अस्ट्रेलिया अलआउट हुन पुग्यो । मोहम्मद शमीले ३ विकेट लिँदा, रवीन्द्र जडेजा र वरुण चक्रवर्तीले २-२ विकेट लिएर अस्ट्रेलियालाई ठूलो स्कोर बनाउन बाट रोक्न सफल भए ।
View : 231
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved