प्रादेशिक आमसञ्चार विधेयक
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आमसञ्चार विधेयक सहमतिमै पारित हुने बताएका छन् ।
विधेयकमाथि पर्याप्त छलफल गर्ने उनले बताए । विराटनगरमा आज प्रेस चौतारी कोशी प्रदेश समितिको दोश्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सभामा पेश भएको प्रादेशिक सञ्चार विधेयकमा कमि कमजोरी भए सच्याएर अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले अहिले अध्यादेशको विषयमा अनावश्यक रूपमा बखेडा झिक्न खोजेको समेत बताए ।
‘सरकारले ल्याउने विधेयकका विषयमा दलका नेताहरूले पनि विरोध गरिरहेको सुनिन्छ । तर, अध्यादेश संवैधानिक हो । सदनबाट पारित नभए खारेज हुन्छ तर अध्यादेश ल्याउन नपाउने भन्ने हुन्न्,’ उनले भने ।
यसअघिका सरकारहरू र प्रदेश सरकारहरूले पनि अध्यादेश ल्याउने गरेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले आगामी दिनमा सरकार चलाउनेहरूले अनावश्यक रूपमा विधेयकहरूको विरोध गर्न नहुने बताए ।
यसैगरी कोशी प्रदेशको विकासमा प्रदेश सरकारले विभिन्न योजनाहरू सुरू गरिएको उनले बताए । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको पर्यटन विकासका लागि विभिन्न पदमार्गहरू निर्माणको काम सुरू गरिएको जानकारी दिए ।
प्रदेश सरकारले २९ वटा पालिका जोड्नेगरीको चार वटा पदमार्ग निर्माणको काम सुरू दातृ निकायसँगको सहकार्यमा सुरु गरेको जानकारी दिए ।
View : 176
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved