जेनजी आन्दोलन
२९ भदौ, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । साथै प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत उपलब्ध गराइने भएको छ ।
आजै पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो निर्णयमार्फत यस्तो व्यवस्था गरिएको हो । उनले आन्दोलनमा ज्यान गुमाएका, घाइते र पीडित परिवारप्रति समवेदना प्रकट गर्दै नेपालको अवस्थाले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
जेन–जी आन्दोलनका क्रममा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको ज्यान गएको सरकारी तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।
मृतकका आफन्त तथा घाइतेहरूले भने सरकारले दिएको राहत स्वागत योग्य भए पनि वास्तविक न्याय तब मात्र पुग्ने बताए, जब घटनाका दोषीहरूलाई कानुनी कारबाही हुनेछ र आन्दोलनका मागहरू कार्यान्वयनमा आउनेछन् ।
View : 76
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved